एमएडब्लू अर्थमुभर्सले जित्यो डिलर अफ द इयर अवार्ड

एमएडब्लू अर्थमुभर्सले जित्यो डिलर अफ द इयर अवार्ड

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • images
    images
    एमएडब्लू अर्थमुभर्सले जित्यो डिलर अफ द इयर अवार्ड
    images
    images

    काठमाडौँ / द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ। असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टिलगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्सलाई उक्त अवार्ड प्रदान गरिएको हो । 

    अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

    “यस उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि हाम्रा सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू हृदयदेखि नै धन्यवादका पात्र हुन्” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए। 

    नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको कम्पनीले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com