वीरगन्जमा ५० लाखभन्दा बढीको सामान बरामद

वीरगन्जमा ५० लाखभन्दा बढीको सामान बरामद

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • images
    images
    वीरगन्जमा ५० लाखभन्दा बढीको सामान बरामद
    images
    images

    काठमाडौँ / भन्सार छलेर नेपाल ल्याई अवैध रूपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरू सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ । 

    पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित दुई वटा पक्की घरको भुइँ तलामा अवैध रूपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगन्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लिखित सामानहरु बरामद गरेको हो ।

    गोदाम गरी राखिएको सामान सीमा इलाकाबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपियाँ बराबरको लत्ताकपडा र एक लाख २१ हजार ५ सय रुपियाँ बराबरको हार्डवेयरको सामानहरू रहेको छ ।

    बरामद गरिएको सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको जानकारी सशस्त्र प्रहरीको सूचना केन्द्रले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com