हिमालय एअरलाइन्स्द्वारा क्लिनसँगको सहकार्यमा बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

हिमालय एअरलाइन्स्द्वारा क्लिनसँगको सहकार्यमा बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • हिमालय एअरलाइन्स्द्वारा क्लिनसँगको सहकार्यमा बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

    काठमाडौँ / चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपाल (क्लिन)सँगको सहकार्यमा हिमालय एअरलाइन्स्ले नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । 

    images
    images

    सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्स्ले बुधबार प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
    १६ औँ चिनिया टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा आवश्यकताहरू ध्यानमा राखी वरिष्ठ चिकित्सकहरूद्घारा माया र ममताका साथ विभिन्न जाँचहरू, स्वास्थ्य शिक्षा तथा गतिबिधिहरू सञ्चालन गरे ।

    चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकाका लागि एक वर्षको आपूर्तिसँगै दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    सन् २०१७ देखि प्रयास नेपाल तथा अन्य अनाथालयहरूलाई सहयोग गर्दे हिमालय एअरलाइन्स् क्लिन सदस्यहरूमध्य एक उत्कृष्ट उदाहरण बनेको छ । 

    कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भने, “हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ तर यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्दछ । बालबालिकाहरू खुसी तथा स्वस्थ रूपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।” 

    २००३ मा स्थापना भएदेखि प्रयास नेपाल विशुद्ध रूपमा अनाथ बालबालिकाहरूको जीवन सुधार गर्न प्रतिबद्ध भई गैर–नाफामुखी र गैर–सरकारी संस्थाको रूपमा रहेको छ । हाल, अनाथालयले १८ बालबालिकाको हेरचाह गर्दे आएको छ । 

    उनीहरूलाई न्यानो आश्रय, गुणस्तरीय शिक्षा र विचारशील मनोवैज्ञानिक सहयोग प्रदान गर्दै, बच्चाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी व्यक्तित्व विकास गर्न र सामाजिक र स्वतन्त्र जीवनको भविष्यको लागि राम्रोसँग तयार पार्न जीवन सीप प्रशिक्षण प्रदान गर्दे आएको छ ।

    यसप्रकारका परोपकारी क्लिनिक तथा सहयोगी गतिविधिहरूले अनाथालयका बालबालिकाहरूलाई सहायता मात्र ल्याएनन् तर दुई देश बीचको मित्रतामा न्यानो र उज्यालो रंग थपेर पूर्ण रूपमा चिनियाँ कम्पनीहरूको नेपाल प्रति जिम्मेवारी र अपार स्नेहलाई व्यक्त गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय