images
Logo
images

‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक

‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    ‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक
    images
    images

    काठमाडौँ  / बेजिला फिल्मस्को प्रस्तुतिमा प्रेमिल गीत ‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।

    गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।  

    गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशन र धर्मेन्द्र पुर्जाको सह निर्देशनमा तयार पारिएको हो । भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा  मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन्। भिडियोको  सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन्। 

    जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियो  बेजिला फिल्मस् को आधिकारिक  युट्युब च्यानलमा उपलब्ध छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com