राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकलाई किन गर्यो कारवाही ?

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकलाई किन गर्यो कारवाही ?

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकलाई किन गर्यो कारवाही ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियामकिय प्रावधान बाहिर रहेको भन्दै राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको हो । 

    images
    images

    राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएको भन्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको छ ।

    यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेको भन्दै प्रभु बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय