एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • images
    images
    एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण
    images
    images

    ललितपुर / एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि निर्माण सामग्रीको व्यवसायिक परीक्षण सुरु गरेको छ । मुलुकमा ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने केही मात्र प्रयोगशालाहरू भएकोमा अब एभरेष्ट कलेजले पनि यस्तो सेवा सुरु गरेको हो । 

    नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलब्ध भएको कलेजले जनाएको छ । यसले विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको कलेजको दावी छ ।

    कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत एभरेष्ट इन्जिनियरिङ कलेजले ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलब्ध गराउने भएको हुँदा देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशालाले सुलभ सुविधा दिने आँकलन गरिएको छ ।

    कलेजको प्रयोगशालामा भएको अत्याधुनिक युनिभर्सल टेस्टिङ मेसिन (युटिएम) प्रयोग गरी नेपालका ‘क’ वर्गका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीहरू परीक्षण गर्न मिल्ने र प्रयोगशालाबाट दिइने गुणस्तरको प्रमाणपत्रलाई सरकारी निकायले समेत मान्यता दिने भएकोले निर्माण व्यवसाय वा मेटेरियल साइन्स विधामा संलग्न सबैले एभरेष्ट इन्जिनियरिङ कलेजको प्रयोगशालाबाट लाभ लिन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com