लाभांश प्रस्ताव पारित गर्न शिवम् सिमेन्ट्सले बोलायो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न शिवम् सिमेन्ट्सले बोलायो साधारण सभा

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • images
    images
    लाभांश प्रस्ताव पारित गर्न शिवम् सिमेन्ट्सले बोलायो साधारण सभा
    images
    images

    काठमाडौँ / शिवम सिमेन्ट्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिहान ९ बजे राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौँमा सभा गर्ने निर्णय गरेको हो । 

    सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । सो आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

    हाल कायम चुक्तापूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँको आधारमा वितरण गर्ने प्रस्ताव गरिएको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ।

    रित्त एक स्वतन्त्र सञ्चालकसहित दुई जना सञ्चालकलाई बाँकी कार्यकालका लागि नियुक्ति तथा मनोनयन गरिएकाले सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com