इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • images
    images
    इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य
    images
    images

    काठमाडौँ / ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ मा आईटी कम्पनी जेनस सलुशन र जुमले सहकार्य गर्ने भएका छन् । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा जेनस सोलुसनले ‘इन एशोशिएसन विथ’ पार्टनरको रूपमा सहकार्य गरेको हो ।

    नवौँ संस्करणको आइसिटी अवार्ड आगामी पुस ५ गते (२० डिसेम्बर) शुक्रबार ह्यात रिजेन्सी काठमाडौँमा आयोजना हुँदैछ ।

    विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने सो कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।

    बेलायतमा मुख्य कार्यालयको रहेको नेपाली बहुराष्ट्रिय आईटी कम्पनी जेनस सलुशनले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिनल्याण्ड, अष्ट्रेलिया, नाइजेरिया, स्पेन, आयरल्याण्ड र अमेरिकामा सेवा प्रदान गरिरहेको छ ।

    जेनेस सलुशन नेपालमा जुमको आधिकारिक साझेदार रहेको छ ।  हालै  जेनेस सलुशनसंगको सहकार्यमा काठमाडौँमा जुम रोड शो आयोजना गरिएको थियो ।  उक्त शोमा आधुनिक कार्यस्थलका नयाँ प्रवृत्ति तथा नव परिवर्तन बारे छलफल गरिएको थियो ।  

    जेनेसले नेपालको डिजिटल परिदृश्यलाई आधुनिकीकरण गर्न तथा प्राविधिक सेवाहरु उपलब्ध गराउन नेपाल सरकार तथा अगुवा प्रविधि कम्पनी हरु संग सहकार्य गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com