खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • images
    images
    खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ । सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ । 

    महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले जानकारी दिएको छ । 

    सूचनामा लेखिएको छ, “काठमाडौँ महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ । साथै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन. २०८१ बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकारान गरिएको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com