कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ / कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरूका लागि वितरण गरेको उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

    images
    images

    बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश पारित गरेको थियो । 

    सूचीकृत भएको बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभांश बापतको रकम साधारण सभाबाट पारित भए लगत्तै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । 

    यदि कुनै सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा भएको नदेखिएमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय