हर्टिकल्चर सम्मेलन काठमाडौँमा सुरु, गुणस्तरीय बीउ उत्पादनमा जोड

हर्टिकल्चर सम्मेलन काठमाडौँमा सुरु, गुणस्तरीय बीउ उत्पादनमा जोड

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • हर्टिकल्चर सम्मेलन काठमाडौँमा सुरु, गुणस्तरीय बीउ उत्पादनमा जोड

    काठमाडौँ / राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडाँैमा सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु १५ औँ राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरे ।

    images
    images

    मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भूमिका महत्वपूर्ण हुने बताए । सबै कृषिजन्य बालीहरूको उत्पादनको आधारभुत स्रोत बिउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

    आलु तथा मसालाबाली क्षेत्रको विकासको लागि सरकारी तथा गैरसरकारी निकायहरूका साथै निजी क्षेत्रको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

    नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए ।

    पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बिउको बढ्दो आयात रोक्न  मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू, विज्ञ, तरकारी बिउ उत्पादकहरू र कृषकहरूको  सहभागिता  छ । सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य श्रृङ्खला, जलबायु परिवर्तन, जैविक विविधता, बीउ सम्बन्धी कानुनहरुका बारेमा छलफल हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय