बिहीबारको राशिफल : आज कुन क्षेत्रबाट कसले कति लाभ लिन सक्लान् ?

बिहीबारको राशिफल : आज कुन क्षेत्रबाट कसले कति लाभ लिन सक्लान् ?

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • बिहीबारको राशिफल : आज कुन क्षेत्रबाट कसले कति लाभ लिन सक्लान् ?

    आज मिति वि.सं.२०८२ साल साउन ८ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, औशी तिथी, पुनर्वशु नक्षत्र, आनन्दादिमा–सिद्धि योग, चन्द्रराशि–मिथुन, बिहान  ११ः५२ बजेपछि कर्कट ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बिहानको समय लाभदायक रहनेछ, विशेषगरी व्यापार र कृषि÷पशुपालनमा लगानी गर्दा मनग्गे आम्दानी हुनेछ। मित्र र दाजुभाइको सहयोगले महत्वकांक्षी कार्यहरू अगाडि बढ्ने सङ्केत छन्। तर मध्यान्हपछि खर्च बढ्ने, मन खिन्न हुने र आफन्तसँग असमझदारी बढ्न सक्ने सम्भावना छ। धैर्य र निरन्तर मिहिनेतले मात्र दिगो सफलता मिल्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन व्यापार, उद्योग र सेयर बजारमा छोटो प्रयासले पनि राम्रो आम्दानी मिल्ने सम्भावना छ। अध्ययनमा सफलता मिल्नेछ भने न्यायिक निर्णयहरू पनि अनुकूल रहनेछन्। तर अवसरवादीबाट सावधान रहनु आवश्यक छ। दिउँसोतिर रोकिएका काम बिस्तारै अघि बढ्नेछन्। रमाइलो यात्रा र स्वादिष्ट भोजनले मन प्रफुल्ल बनाउनेछ। मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार, उद्योग वा पेशागत क्षेत्रमा लगनशीलता र सुझबुझले आर्थिक लाभ मिल्नेछ। पुराना योजना सक्रिय बन्ने सङ्केत छन् भने सहकार्यबाट थप आम्दानीको सम्भावना देखिन्छ। नयाँ कार्य थाल्न अनुकूल समय भए पनि आलस्यले अवसर गुम्न सक्छ। अनावश्यक कुरामा समय खर्च नगरी फोकस बढाउन आवश्यक छ। सावधानीपूर्वक निर्णयले दीर्घकालीन आर्थिक सफलता सुनिश्चित हुनसक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विदेशी सामानको व्यापार र लामो दुरीको यात्रा आजको आर्थिक गतिविधिमा मुख्य रहनेछ। मध्यान्हपछि सामाजिक काम र सेयर बजारमा नयाँ लगानीले राम्रो परिणाम दिनेछ। इमान्दार मेहनतले ठुलो उपलब्धि मिल्ने सम्भावना छ। खर्च बढ्न सक्छ तर सावधानी अपनाउनुपर्छ। पारिवारिक भेटघाटले मन प्रफुल्ल बनाउनेछ भने आध्यात्मिक पक्ष मजबुत हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बिहानको समय व्यापार र कृषि क्षेत्रमा लगानी गर्न अनुकूल छ, जसले मनग्गे आम्दानी दिलाउनेछ। पूर्वाह्न कालको मिहिनेतले दीर्घकालीन सफलताको बाटो खोल्नेछ। तर, मध्यान्हपछि आकस्मिक खर्च र स्वास्थ्य समस्याले आर्थिक चुनौती ल्याउन सक्छ। सवारी र काममा सतर्कता आवश्यक छ। सहयोगीको साथले प्रतिस्पर्धामा अघि बढ्न मद्दत गर्नेछ। अवसर खोज्न मेहनत र चनाखोपन जरुरी छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज सुखद् समाचारले उत्साह बढाउनेछ। रोकिएका काम सुचारु भएर नयाँ योजना अघि बढ्नेछन्। पैतृक सम्पत्तिको सदुपयोगले आम्दानी बढ्नेछ। व्यापार र सेयर बजारमा लगानीले दिगो लाभ मिल्ने सङ्केत छ। मिहिनेत र इच्छाशक्तिले सफलता दिलाउनेछ। सहयोगीको साथले चुनौती पार गर्न मद्दत गर्नेछ। दिउँसोदेखि धनलाभ र प्रतिष्ठा प्राप्त हुने समय छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नयाँ काम पाउने र बढुवा/स्थानान्तरणको सम्भावना राम्रो छ। व्यापार र सेयर बजारमा लगानी फस्टाउनेछ भने नयाँ अवसरहरू जुट्नेछन्। सरकारी काममा प्रभावशाली उपस्थिति रहनेछ। कृषि र पशुपालनबाट मनग्गे आम्दानी हुनेछ। पढाइमा मन लाग्ने र अध्ययनका लागि यात्रा हुने अवसर छ। अस्वस्थताले केही बाधा पुर्‍याउन सक्छ तर मेहनतले लोकप्रियता र दिगो फाइदा दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शैक्षिक र धार्मिक यात्रामा कष्ट हुनसक्छ, सतर्क रहनु आवश्यक छ। समाजमा राम्रा काम गर्दा प्रतिस्पर्धीले अवरोध पुर्‍याउन सक्छन्। आर्थिक लगानीबाट नाफा मिल्नेछ भने राजनीतिक प्रभाव बढ्नेछ। स्वास्थ्य कमजोर हुँदा आर्थिक र लक्ष्य हासिलमा बाधा आउन सक्छ। गोपनीयता कायम राख्नुपर्छ। दिउँसोदेखि रोकिएका काम अघि बढ्नेछन् र भविष्यमा फाइदा हुने नयाँ काम थालनी गर्न सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बिहानको समय व्यापार र पढाइमा सफलताको सङ्केत छ। साझेदारी व्यवसायले लाभ दिनेछ भने प्रेम र मित्रताको सम्बन्ध मजबूत हुनेछ। आफन्तबाट शुभ समाचारले उत्साह बढाउनेछ। मध्यान्हपछि भौतिक खर्च बढ्न सक्छ, सतर्क रहनु आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। दिउँसो केही अवरोध आउन सक्ने भए पनि मेहनतले सफलता प्राप्त हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार, सेयर बजार र उद्योगमा लगानीले मनग्गे आम्दानी हुनेछ। साझेदारी व्यवसायबाट पनि लाभ मिल्नेछ। कार्यक्षेत्रमा सफलता र पदोन्नतिको सम्भावना बलियो छ। प्रतिस्पर्धी र विरोधीबाट चुनौतिहरू आए पनि पुरुषार्थले समस्या समाधान गर्नेछ। पढाइमा नयाँ ज्ञानले उत्साह बढाउनेछ। दिउँसोदेखि प्रियजनसँग भेटघाटले मन प्रफुल्लित हुनेछ भने दाम्पत्य जीवन सुमधुर बन्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    स्रोत साधन जुटाएर नयाँ काम थालनी गर्न सकिनेछ। व्यापार फस्टाएर लगानीका अवसर बढ्नेछन्। प्रतिस्पर्धीलाई पछि पार्दै अधिकार र प्रतिष्ठा जोगाइनेछ। खाद्यान्न, निर्माण सामग्री र सेयर बजारबाट नाफा आउने सम्भावना छ। रोकिएका काम पुनः सुरु हुनेछ। चुनौतीहरू आए पनि लगनशीलताले सफलता दिलाउनेछ। भौतिक साधन जुटेर फाइदा उठाउन सकिनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    राजनीतिज्ञ र समाजसेवीको कम सक्रियताले आलोचना हुन सक्छ। विद्यार्थीहरू प्रतिस्पर्धामा पछि पर्न सक्छन्। आमा र आफन्तसँग मनमुटाव हुनेछ तर भेटघाटले मन प्रसन्न बनाउनेछ। आर्थिक लगानीबाट नाफा मिल्नेछ। नयाँ काम थाल्न समय कुर्नुपर्छ। स्वास्थ्य र सम्पत्ति विवादमा सावधानी आवश्यक छ। सहयोगीको साथ कमजोर हुनसक्छ, ध्यान दिनु जरुरी छ। अध्ययनमा गुरुजनको मार्गदर्शन लाभदायक हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय