काठमाडौँ / नेपालमा YADEA को एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले आगामी NAIMA अटो शो २०२५ मा VELAX सिरिजका तीन नयाँ इलेक्ट्रिक स्कुटरहरू सार्वजनिक गर्ने घोषणा गरेको छ। यी मोडेलहरू - VELAX Fast Charging, VELAX U (Ultra Performance), र VELAX H (High Performance) नेपाली बजारमा विद्युतीय सवारी साधनको नयाँ युगको संकेत भएको कम्पनीको दावी छ ।
विशेषताहरू
समयको मूल्य बुझ्ने सवारहरूको लागि VELAX Fast Charging एक क्रान्तिकारी विकल्प हो। यसमा ७६V ३०Ah LFP ब्याट्री र ३२००W मोटरको संयोजनले ११० किमी सम्मको रेञ्ज प्रदान गर्दछ। विशेषता भनेको २० मिनेटमै ८०% चार्ज क्षमता हो, जसले दैनिक यात्रामा समय बचत गर्न मद्दत पुर्याउँछ।
प्रदर्शनका पारखीहरूको लागि VELAX U एक प्रमुख मोडेल हो। डुअल ७४V २०Ah ब्याट्री र ४९००W मोटरले ८० किमी/घण्टा गति र १४० किमी सम्मको रेञ्ज प्रदान गर्दछ। यसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नयाँ उचाइमा पुर्याउँछ।
दैनिक प्रयोगकर्ताहरूका लागि VELAX H एक सुलभ र शक्तिशाली विकल्प हो। ७२V ३०Ah ब्याट्री र ३२००W मोटरले १०० किमी सम्मको रेञ्ज र ६२ किमी/घण्टा गति प्रदान गर्दछ। यसको मूल्य पनि प्रतिस्पर्धात्मक रहेको छ।
NAIMA अटो शो २०२५ मा सार्वजनिक
सबै मोडेलहरू NAIMA अटो शो २०२५ मा पहिलो पटक सार्वजनिक गरिनेछन्। सो अवसरमा उत्पादनका थप विशेषताहरू, मूल्य, र उपलब्धता सम्बन्धी जानकारी पनि प्रस्तुत गरिनेछ। यसले नेपाली सवारी प्रयोगकर्ताहरूलाई विद्युतीय सवारी साधनको नयाँ युगको अनुभव गराउने विश्वास गरिएको छ।