शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी होला ?

शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी होला ?

शनिवार, साउन १० २०८२
शनिवार, साउन १० २०८२
  • शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी होला ?

    आज मिति वि.सं. २०८२ साल साउन १० गते,  शनिबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, द्वितीया, अष्लेषा नक्षत्र, आनन्दादिमा–मानस योग, चन्द्रराशि–कर्कट, बेलुकी ५ः२७  बजेपछि सिंह

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अर्थ क्षेत्रमा स्थायित्वका लागि धैर्यता आवश्यक देखिन्छ। व्यापारमा विस्तारको सम्भावना रहे पनि पुराना समझौतामा असमझदारी बढ्न सक्छ। मिहिनेतको प्रतिफल अरूले लिने स्थिति आउन सक्छ। आर्थिक निर्णयमा सतर्कता जरुरी छ। माताको सल्लाह र गुरुको मार्गदर्शन फलदायी हुनेछ। समयमै निर्णय लिन नसक्दा अवसर गुम्ने जोखिम देखिन्छ।

    images
    images

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    औषधीजन्य र उपभोग्य सामानमा लगानीबाट लाभ मिल्नेछ। रोकिएका काम पुनः सञ्चालन हुने सम्भावना छ। साथीभाइको सहयोग, भौतिक स्रोत जुट्नाले व्यापारमा विस्तार हुनेछ। रचनात्मक र सेवामूलक कामले प्रतिष्ठा र आम्दानी दुवै दिलाउनेछ। दिगो योजनाको सुरुवात गर्न अनुकूल समय छ, तर सवारी चलाउँदा सावधानी अपनाउनु उचित हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अर्थ अभाव र खर्च वृद्धिले वित्तीय दबाव बढ्नेछ। लगानीका निर्णय केही समय रोक्नु उचित हुनेछ। व्यापारमा प्रगति भए पनि आत्मविश्वासको कमीले अवसर चुक्न सक्छ। सापटी फिर्ता हुने सम्भावना छ तर गोपनीयता र सावधानी जरुरी छ। ईर्ष्या र वादविवादबाट टाढा रहँदा आर्थिक लक्ष्य सहजै पुग्न सकिनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    रचनात्मक काम र पुराना कार्यको सफलताले आर्थिक अवस्थामा सुधार आउनेछ। व्यापारबाट लाभ मिल्नेछ भने प्रतिष्ठित अवसर प्राप्त हुने सम्भावना छ। सानो प्रयत्नले मनग्य फल दिनेछ। अधिकारीको साथ, परिवारको सहयोग र लगनशीलता संयोजनले आर्थिक सफलता सम्भव हुनेछ। साँझपख धनलाभको योग छ, नयाँ काम प्रारम्भ गर्न उपयुक्त समय हो।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापारमा विदेशी सामानले लाभ दिलाए पनि आम्दानी कम हुँदा आर्थिक क्षेत्र कमजोर बन्न सक्छ। लगानी दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियम उलङ्घन गर्दा जरिवाना भोग्नुपर्ला, सावधानी आवश्यक छ। नयाँ अनुबन्धले व्यापार विस्तारमा सहयोग पुर्‍याउनेछ। खर्च बढे पनि लामो यात्राबाट अवसर प्राप्त हुनेछ। अपिरिचितमाथि विश्वास गर्दा धोका हुन सक्छ, सतर्क रहनुहोस्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापारमा लगानीबाट आर्थिक सुदृढीकरण हुनेछ। नयाँ आम्दानी स्रोत फेला पर्नेछ भने सीमित साधनबाट अधिक लाभ लिन सकिनेछ। अध्ययन र कार्यक्षेत्रमा सफलता मिल्नेछ। दिगो योजना सुरु गर्न अनुकूल समय हो। तर साँझतिर खर्च बढ्न सक्छ, सञ्चित रकम बाहिरिन सक्छ। यात्रामा र सवारी प्रयोगमा विशेष सावधानी आवश्यक छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सामाजिक काम, कृषि, र व्यापारमा सक्रियताले आर्थिक प्रगति र प्रतिष्ठा दुवै दिलाउनेछ। लगानीका प्रस्तावबाट मनग्गे फाइदा हुनेछ। पढाइ तथा कामका लागि यात्रा सम्भव छ। विशेष जिम्मेवारी र अवसर प्राप्त हुने समय हो। साँझपख श्रमको उचित मूल्यांकन हुँदै प्रतीक्षित लाभांश प्राप्त हुने योग बलियो देखिन्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार र पेसामा लाभ हुनेछ भने मिहिनेतले बिस्तारै आर्थिक फाइदा दिलाउनेछ। साथीभाइको सहयोग, प्रविधिको प्रयोग र माननीय सल्लाहले सफलता सम्भव हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ, तर अवसरवादी र कागजपत्रको त्रुटिबाट सावधान रहनुहोस्। साँझतिर नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आर्थिक समस्या जटिल बन्नेछ र व्यवहारिक मतभेदले योजना प्रभावित हुन सक्छ। घमण्ड र बोलीको रुखोपनाले सम्बन्ध बिग्रने खतरा छ। माया प्रेममा मनमुटाव देखिए पनि नसोचेको धन लाभले मन प्रसन्न हुनेछ। काममा बाधा आउन सक्छ, तर साँझतिर स्थितिमा सुधार र शुभचिन्तकको सहयोगले अवसर पुनः प्राप्त हुनेछ। धैर्य आवश्यक छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    नयाँ सवारी साधन र भौतिक सम्पत्ति जोड्ने समय उपयुक्त छ। व्यापार फस्टाएर आर्थिक स्थिति मजबुत हुनेछ र जीवनस्तर सुधारिनेछ। पारिवारिक यात्रा र प्रेममा सामिप्यता बढ्नेछ। साँझपख सवारी सावधानीपूर्वक चलाउन आवश्यक छ। बुद्धि र धैर्यले निर्णय लिनुहोस्। राजनीति र कार्यक्षेत्रमा नेतृत्व क्षमता बढ्नेछ। खर्चिला यात्रा र वचन पूरा नगर्दा आलोचना हुन सक्छ, तर निरन्तरता राख्दा सफलता सम्भव छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पढाइमा अग्रता हासिल गरी प्रतिस्पर्धामा सफल हुने मौका छ। स्वास्थ्य समस्या हल हुँदै ऋणबाट मुक्ति मिल्नेछ। माया प्रेममा विश्वास र नजिकि बढ्नेछ। शेयर बजारबाट लाभ र व्यापारमा फाइदा हुने सम्भावना छ। अवसरवादीबाट सावधान भई मिहिनेत गर्दा नयाँ काममा दिगो प्रगति हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र सहयोगी बन्नेछन्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रेममा मध्यम समय छ भने व्यापार लगानीका लागि केही समय पर्खिनु राम्रो हुनेछ। स्वास्थ्य र सवारीमा विशेष सावधानी आवश्यक छ। साँझबाट अध्ययनमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा सकारात्मकता छ र नसोचेको स्थानबाट धन प्राप्ति हुनेछ। सूचना गोपनीयता राख्नुपर्छ, गम्भीर नहुँदा अवसर गुम्न सक्छ। स्वास्थ्य र खानपानमा सजग रहनुहोला।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय