ओलीसँगको एकता जोगाउन प्रयास गरेँ, पशुपतिमा मविरुद्ध साँठगाँठ भयो : प्रचण्ड

ओलीसँगको एकता जोगाउन प्रयास गरेँ, पशुपतिमा मविरुद्ध साँठगाँठ भयो : प्रचण्ड

शनिवार, साउन १० २०८२
शनिवार, साउन १० २०८२
  • ओलीसँगको एकता जोगाउन प्रयास गरेँ, पशुपतिमा मविरुद्ध साँठगाँठ भयो : प्रचण्ड

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयासस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन् ।

    images
    images

    पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले नेकपा विघटनतर्फ किन पुग्यो भन्ने विषयमा खुलेर धारणा राखेका हुन् ।

    “हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पु¥याइदिएका थिए,” उनले भने, “तर टिकेन । प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई । मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ ।”

    प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैँले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो । तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए ।

    “अर्को हप्तामै प्रचण्डले पार्टी सिध्याउने भयो भनेर पशुपतिमा होटलमा बसेर मेरो विरुद्ध हमला गर्न साँठगाँठ भएको थियो,” उनले भने । उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय