सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले कहिल्यै नगरेको बताएका छन् । 

    images
    images

    नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उनको विचारलाई अनुशरण गर्नुपर्ने बताएका हुन्  ।

    उनले भने, “पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । जात र धर्मबाट  उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन । सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन्”
     
    वि.सं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय