नेप्से परिसूचक १३.०३ अङ्कले घट्दा ७ अर्ब ७२ लाखको कारोबार, कसले कति गुमाए, कति कमाए ?

नेप्से परिसूचक १३.०३ अङ्कले घट्दा ७ अर्ब ७२ लाखको कारोबार, कसले कति गुमाए, कति कमाए ?

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • images
    images
    नेप्से परिसूचक १३.०३ अङ्कले घट्दा ७ अर्ब ७२ लाखको कारोबार, कसले कति गुमाए, कति कमाए ?
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०३ अङ्कले घटेर २ हजार ६६७.४० को बिन्दुमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन कुल ३२२ ओटा कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७६ हजार ४१८ पटक कारोबार भएको छ । 

    घटेको बजारमा आज ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । नेप्से घटेसँगै आज बजार पुँजीकरण रकम ४२ खर्ब ४७ अर्ब ३१ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । 

    आइतबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.६८ प्रतिशत र लगानी समूहको परिसूचक ०.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा पहिरो गएको छ । आज सर्वाधिक बढी विकास बैंक समूहको परिसूचक १.६३ प्रतिशतले घटेको छ भने लघुवित्त समूहको परिसूचक ०.९४ प्रतिशत र अन्य समूहको ०.७१ परिसूचक ०.७१ प्रतिशतले घटेको छ । 

    यसैगरी, बैंकिङ समूहको परिसूचक ०.५४ प्रतिशत, वित्त समूहको ०.३७ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ०.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४१ प्रतिशत, जीवन बिमा समूहको ०.५५ प्रतिशत, निर्जीबन बिमा समूहको ०.१७ प्रतिशत, व्यापारिक समूहको ०.०७ प्रतिशत र म्यचुअल फण्डको ०.१७ प्रतिशतले घटेको छ । 

    यो दिन थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक बढी ९.९१ प्रतिशतले बढेको छ भने ङादी ग्रुप पावरको ९.५८ प्रशित र १० प्रतिशत नविल डिवेन्चर २०८२ को ९.०१ प्रतिशतले बढेको छ । 

    यता, सेन्चुरी डिवेन्चरको सेयर मूल्य ७.७५ प्रतिशत र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३० प्रतिशतले घटेको छ । 

    आइतबारको कारोबार रकममा सर्वाधिक बढी जानकी फाइनान्सको हिस्सा रहेको छ । यो दिन सो कम्पनीको ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com