मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्य सफलता

मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्य सफलता

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • images
    images
    मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्य सफलता
    images
    images

    नेपालको हास्य–व्यंग्य विधामा विशिष्ट स्थान बनाएको मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को दश वर्षपछि पुनः मञ्चमा फर्केको ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकहरूको भव्य उपस्थिति र
    उत्साहबीच सफलतापूर्वक सम्पन्न भएको छ ।

    काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिनमा दर्शकहरूको अत्यधिक भीड देख्न पाइयो, जसले यो जोडीप्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ । यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ। यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यंग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ । 

    हरिवंश आचार्यसँगको अटूट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ ।

    हास्य–व्यंग्यको अनौठो मिश्रणसहित प्रस्तुत गरिएको ‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हँसाउने तरिकाबाट गम्भीर रूपमा सोच्न प्रेरित गर्यो। नेपाली समाजका परम्परा, राजनीति,सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भयो ।

    मह जोडीसँगै सहभागी कलाकारहरूले किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, र विभुषा बस्नेत जस्ता चर्चित कलाकारहरूले पनि दमदार
    प्रस्तुति दिएका थिए ।

    दर्शकहरूले यो प्रहसनलाई अत्यधिक सकारात्मक प्रतिक्रिया दिएका छन् । हास्य र व्यंग्यको माध्यमबाट समाजका गहिरा विषयवस्तुहरूलाई उजागर गर्ने मह जोडीकोशैली दर्शकहरूले निकै रुचाएका छन् ।

    मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजित यो प्रहसनको बाँकी दिनहरूको टिकट खल्ती
    एपमार्फत खरिद गर्न सकिनेछ । 

    कार्यक्रम कात्तिक ३० ,मंसिर १, ४, ५, ६, १२, १३, १७, र १८ गतेसम्म जारी रहनेछ ।

    मह संचार र सुश्री मिडिया प्रा.लि.को सहकार्यमा प्रस्तुत यो कार्यक्रमले नेपाली हास्य–व्यंग्य क्षेत्रमा महत्त्वपूर्ण
    कोसेढुंगा राख्ने विश्वास गरिएको छ । 

    ‘मह जात्रा’ ले दर्शकलाई हँसाउने मात्र होइन, समाजप्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com