‘केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक, कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने

‘केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक, कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • images
    images
    ‘केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक, कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने
    images
    images

    काठमाडौँ / दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ । 

    बुधबार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमकाबीचे ट्रेलर रिलिज गरिएको हो ।
    ट्रेलरलाई फरक शैलीमा तयार गरिएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मको ट्रेलर ४ मिनेट ७ सेकेन्डको छ ।

    डेटिङ एपबाट भेटिएका युवायुवती (नाजिर र सृष्टि) को कथा यसमा देखाइएको छ । फिल्ममा नाजिर राम नामक पात्रको भूमिकामा छन् भने सृष्टिले सीता नामकी युवतीको भूमिका निभाएकी छन् ।

    ट्रेलर सार्वजनिक गर्दै निर्देशक दीपेन्द्र गौचनले ३२ वर्षअघिको चर्चित डकुड्रामा ‘उजेली’ बनाएर दुई दशकपछि नेपाल फर्किएर यो फिल्म बनाए । फिल्म ‘केटी हराएको सूचना’ यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com