इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले खुम्चियो, वितरणयोग्य मुनाफा ऋणात्मक

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले खुम्चियो, वितरणयोग्य मुनाफा ऋणात्मक

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • images
    images
    इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३.८२ प्रतिशतले खुम्चियो, वितरणयोग्य मुनाफा ऋणात्मक
    images
    images

    काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको तुलनामा ३.८२ प्रतिशतले घटेको हो ।

    गत आर्थिक बर्षको असोज मसान्तसम्म १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको इन्भेस्टमेन्ट मेगा बैंकले यस बर्षको सोही अवधिमा भने १ खर्ब ४६ अर्ब ४० लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । 

    बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत र कुल सञ्चालन आम्दानी २.५० प्रतिशत र सञ्चालन मुनाफा १९.६३ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक बर्षको असोज मसान्तमा ४ खर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा यस्तो नाफा ३ खर्ब ८७ लाख ६७ हजार ६५ लाख रुपैयाँमा सीमित गरेको हो । 

    त्यस्तै, खुद फि तथा कमिसन भने गत बर्ष असोज मसान्तको तुलनामा ३०.०९ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष तीन महिनामा ३९ करोड ५३ लाख ४८ हजार रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको यो बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ५१ करोड ४२ लाख ९४ हजार रुपैयाँ पुर्याएको हो । 

    बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ रहेको छ भने खुद सञ्चालन आम्दानी ४ अर्ब ६७ करोड ५ लाख रुपैयाँ रहेको छ । 

    यसैगरी, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५१ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा र पिई रेसियो १४ रुपैयाँ ८० पैसा छ । 

    यसैगरी बैंकको नेटवर्थ प्रतिसेयर १८४ रुपैयाँ ३३ पैसा रहेको छ ।चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको जगेडा कोषमा ३१ अर्ब २९ करोड १४ लाख ९० हजार रुपैयाँ छ । 

    त्यस्तै, बैंकको निक्षेप सङ्कलन ७.४१ प्रतिशत र कर्जा प्रवाह ५.५० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ४ खर्ब ३३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर ३ खर्ब २४ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । 

    असोज मसान्तसम्म बैंकको खराब कर्जा ६.९९ प्रतिशतले बढेको छ । गत बर्ष पहिलो त्रैमासमा १.८६ प्रतिशत खराब कर्जा रहेकोमा समीक्षा अवधिमा यस्तो रकम बढेर १.९९ प्रतिशत पुगेको हो । त्यस्तै बैंकको सिडी रेसियो ७८.३६ प्रतिशत र आधार दर ७.२८ प्रतिशत रहेको । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com