प्रभु इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग

प्रभु इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • images
    images
    प्रभु इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ / प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सकातर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । 

    प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपैयाँको चेक संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे । 

    मुलुकलाई विपत्ती आइलागेको अवस्थामा राहत तथा पुनस्र्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 

    नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

    बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दावी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com