बीमा प्राधिकरणले आयोजना गर्ने तय भएको एशियन फोरम इन्स्योरेन्स रेगुलेटर्सको बार्षिक बैठक स्थगित

बीमा प्राधिकरणले आयोजना गर्ने तय भएको एशियन फोरम इन्स्योरेन्स रेगुलेटर्सको बार्षिक बैठक स्थगित

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • images
    images
    बीमा प्राधिकरणले आयोजना गर्ने तय भएको एशियन फोरम इन्स्योरेन्स रेगुलेटर्सको बार्षिक बैठक स्थगित
    images
    images

    काठमाडौँ / नेपाल बीमा प्राधिकरणको आयोजनामा एशियन फोरम इन्स्योरेन्स रेगुलेटर्स (AFIR) को वार्षिक बैठक तथा वार्षिक सम्मेलन स्थगित गरिएको छ । असोज २१ गतेदेखि २३ गतेसम्म गर्न तय भएको उक्त बैठक हाललाई स्थगित गरिएको हो । 

    हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी एशियन फोरम इन्स्योरेन्स रेगुलेटर्सको सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको थियो । 

    विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको प्रवक्ता सुशीलदेव सुवेदीले बताए । 

    असोज २३ का लागि तय भएको AFIR को वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै सञ्चालन हुनेछ । AFIR को सचिवालयसँग समन्वय गरी स्थगित बैठक सभा तथा सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराइने प्रवक्ता सुवेदीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com