नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान

नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • images
    images
    नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान
    images
    images

    काठमाडौँ / ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । 

    काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्दार गरेका थिए । 

    ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ बर्षीय चणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।

    सम्मान कार्यक्रममा केएनपीका नेपाल निर्देशक मनोज मिश्रले उनको साहसीक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताए । 

    तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स् कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाई थियो ।

    साथै बाढीपहिरोका कारण निम्तिएको परिस्थितीप्रति दुख व्यक्त गर्दै यो बिषम अवस्थामा एक अर्कासँग हातेमालो गर्न आवश्यक रहेको मिश्रले बताए । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com