महालक्ष्मी विकास बैंकद्वारा नख्खु खोलाको बाढीले बगाएका परिवारको उद्दार गर्ने तामाङ नगदसहित सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा नख्खु खोलाको बाढीले बगाएका परिवारको उद्दार गर्ने तामाङ नगदसहित सम्मानित

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैंकद्वारा नख्खु खोलाको बाढीले बगाएका परिवारको उद्दार गर्ने तामाङ नगदसहित सम्मानित
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले नख्खु खोलामा बाढीले बगाएका दुई जना व्यक्तिहरूको उद्दार गर्ने चणिकलाल तामाङलाई नगदसहित सम्मान गरेको छ ।

    असोज ११ गतेदेखि परेको अविरल बर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा आएको बाढीले शनिबार बगाएका २ व्यक्तिहरूको सकुशल उद्दार गर्न सफल तामाङलाई बैंकले एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा न. ९ घर भएका ३३ वर्षीय तामाङले राजु शाह र उनको परिवारको सदस्यको उद्दार गरेका थिए । 

    आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच तामाङले जोखिमको बावजुद देखाउनुभएको अदम्य साहस र उहाँको अठोट र तत्परताले शाह र उनको परिवारको सदस्यको सफल उद्दार गर्न सकिएको निष्कर्षका साथ नगदसहित सम्मान गरिएको बैंकले जनाएको छ । 

    सो कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रूपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  
        
    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com