बाढी पहिरो प्रभावितहरुका लागि नाडाद्वारा ५० कार्टुन वाईवाई, जुस ८० कार्टुन

बाढी पहिरो प्रभावितहरुका लागि नाडाद्वारा ५० कार्टुन वाईवाई, जुस ८० कार्टुन

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • बाढी पहिरो प्रभावितहरुका लागि नाडाद्वारा ५० कार्टुन वाईवाई, जुस ८० कार्टुन
     
    बाढी पहिरो प्रभावितहरुका लागि राहत स्वरुप नाडा अतटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ५० कार्टुन चाउचाउ उपलब्ध गराएको छ । 
     
    यहि असोज १२ गते नाडाबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ ।
     
    अहिले देश अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेको हो । 
     
    उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो ।
     
    नाडाले विगतकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको छ ।
     

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय