अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

अर्थोस्कोपी  सर्जरी भनेको दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती हो ।

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • images
    images
    अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
    images
    images

    अर्थोस्कोपी  सर्जरी भनेको दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती हो । सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थोस्कोपी  भनिन्छ । 

    यो अङग्रेजीबाट आएको शब्द हो । आर्थो भनेको जोर्नी र स्कोपि भनेको  क्यामेरा वा दुर्बिनको साहाराले हेर्नु, त्यसैले क्यामेरा वा दुर्बिनको साहाराले सानो प्वाल पारेर जोर्निको रोगको निदान तथा उपचार गर्ने विधीलाई आर्थ्रोस्कोपी प्रविधी भनिन्छ । 

    प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को गरिन्छ । आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने  घुँडाको र कुमको  उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ ।

    खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्रि भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरु च्यातिएको खण्डमा यो पद्दतीबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दुरवीन पद्दतीलाई आथ्र्रोस्कोपी सर्जरी भनिन्छ । घुँडाको आथ्र्रोस्कोपी सर्जरी गर्दा विरामीलाई बेहोस बनाउनु पर्दैन । 

    ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ । र कतिपय विरामीले त सर्जरीको क्रममा उक्त भिडियो हेर्दै गरेका पनि हुन्छन् । 

    यो च्यात्तिएको लिगामेन्ट ( वा नशा) लाई सानो प्वाल पारेर दुरविनको माध्यामबाट सर्जरी गर्ने उपचार विधि हो । धेरै विरामीहरु खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट सुरु भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आईपुग्न विभिन्न प्रकारका वाधा अवरोध पार गरेको हो । 

    यसका उपकरणहरु तुलनात्मक रुपमा महंगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिलामात्र यो सर्जरीले विकसित रुप लिएको हो । ठूलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरी पश्चात दुखाई पनि कम हुने, घाउ पनि चाँडो निको हुने र विरामी पनि चाँडै स्वस्थ्य भएर फर्किने गरेका छन् । 

    यो सर्जरी पश्चात फिजियोथेरापी तथा व्यायामको ठूलो भूमिका रहन्छ । ग्राण्डीमा पछिल्लो समय यस सर्जरी गर्ने विरामीको संख्या बढेको छ । पटक पटक कुम खुस्कने तथा कुमका अनेक समस्या भएका विरामीहरु पनि यो सर्जरीबाट लाभान्वित भएका छन् । 

    अर्थोस्कोपी सर्जरी गरेका विरामीहरु नौ महिनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्टमा फर्केका उदाहरणहरु धेरै मात्रामा छन् । नेपालमा यो सर्जरी एक दशक अगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रुप लिएको छ । घुँडाको लिगामेन्ट च्यात्तिएका कतिपय विरामीहरुले वास्ता नगरी बस्दा भविश्यमा घुँडा चाँडै नै विग्रने, घुँडा खिइने तथा पछि दुखाई लिएर बस्नुपर्ने हुन्छ । यस्ता विरामीले समयमै उपचार गर्दा घुँडा विग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ । 

    तुलनात्मक रुपमा विदेश भन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको छ । ग्राण्डीमा घुँडा तथा कुमको सबै प्रकारको अर्थोस्कोपी सर्जरी गरिन्छ । 

    (डा मिश्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ अर्थोस्कोपी तथा अर्थोस्कोपी सर्जन हुनुहुन्छ ।)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com