महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि, ९.९९ प्रतिशतमै सवारी कर्जा

महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि, ९.९९ प्रतिशतमै सवारी कर्जा

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि, ९.९९ प्रतिशतमै सवारी कर्जा
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौँ, भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो यस बर्ष भदौ १६ गतेसम्म चल्नेछ । 

    अटो शोमा सहभागी भएका विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको छ । 

    गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । 

    महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरूले स्टल नं. इ३३ मा सम्पर्क गर्नसक्ने बैंकले जनाएको छ । 

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै २०८० पुस २८ गते मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com