जब एयर इन्डियाको विमानमा बम राखेको धम्की आयो !

जब एयर इन्डियाको विमानमा बम राखेको धम्की आयो !

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • images
    images
    जब एयर इन्डियाको विमानमा बम राखेको धम्की आयो !
    images
    images

    बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ । 

    धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो। 

    जहाज विमानस्थलको नजिक पुग्नै लाग्दा बिहान ७ः ३० बजेतिर विमानमा बम राखिएको धम्की प्राप्त भएको थियो । जानकारी पाएलगत्तै विमानस्थलमा पूर्ण आपतकाल लगाइएको थियो। 

    विमानस्थलसँग सम्बन्धित स्रोतका अनुसार बिहान करिब ८ बजे विमान अवतरण गरिएको थियो। १३५ यात्रुहरू सवार सो विमानलाई आइसोलेसन वे मा लगेर राखियो।

    बिहान ८ः४४ बजेभित्र एआई ६५७ बाट यात्रुहरूलाई सकुशल बाहिर निकालिसकेको थियो।  तिरुवनन्तपुरम विमानस्थलमा जहाज अवतरण भएपछि मात्रै पाइलटले यात्रीहरूलाई बमको धम्की आएको भनेर बताएका थिए।

    सबै यात्रु र चालक दल सकुशल रहेको र विमानस्थल सञ्चालनमा पनि कुनै अवरोध नआएको बताइएको छ। धम्की कसले दियो रु केमा आयो भन्ने जानकारी आउन सकेको छैन। यो घटनाबारे अनुसन्धान भइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com