नेपाल एसबिआई बैंकद्वारा हलेसी महादेव मन्दिरमा आर्थिक सहयोग

नेपाल एसबिआई बैंकद्वारा हलेसी महादेव मन्दिरमा आर्थिक सहयोग

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • images
    images
    नेपाल एसबिआई बैंकद्वारा हलेसी महादेव मन्दिरमा आर्थिक सहयोग
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले हलेसी तुवाचुङ नगरपालिका, खोटाङस्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । 

    कार्यक्रममा बैंकका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, गजुरमान राईलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 

    बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com