एक बर्षमा यूनाइटेड अजोडले कमायो ३८ करोड ५२ लाख नाफा, ५८.९३ प्रतिशतले बढ्यो कुल बीमाशुल्क

एक बर्षमा यूनाइटेड अजोडले कमायो ३८ करोड ५२ लाख नाफा, ५८.९३ प्रतिशतले बढ्यो कुल बीमाशुल्क

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    एक बर्षमा यूनाइटेड अजोडले कमायो ३८ करोड ५२ लाख नाफा, ५८.९३ प्रतिशतले बढ्यो कुल बीमाशुल्क
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सले ३८ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा ३८ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा १०८.११ प्रतिशतको बढोत्तरी भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्ममा कम्पनीले १८ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनीले १ अर्ब २० करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६६.९३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ७२ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    यता, २०८१ असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५८.९३ प्रतिशतले बढेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६९ करोड ९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यस्तै, शेयर पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ९८ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १३ करोड १३ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा ७९ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ७९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड ३६ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने ४६ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ६८ करोड ४५ लाख रुपैयाँ थियो।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १५.५८ रुपैयाँ थियो। पीई रेसियो ३२.६२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.७२ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com