हिमालयन लाइफको बार्षिक वित्तीय विवरण : नाफा २१.५९ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

हिमालयन लाइफको बार्षिक वित्तीय विवरण : नाफा २१.५९ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    हिमालयन लाइफको बार्षिक वित्तीय विवरण : नाफा २१.५९ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५२ करोडबाट बढेर ६३ करोड  रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको गत आवको बार्षिक वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीको नाफा २१.५९ ले बृद्धि भई ५२ करोडबाट बढेर ६३ करोड पुगेको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ५२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    नेपालकै नम्वर वान जीवन बीमा कम्पनी बन्दै भन्दै अघि बढेको हिमालयन लाइफको वित्तीय विवरण अनुसार समीक्षा वर्षमा शेयर पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा ४४ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७४ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ९० लाख रुपैयाँ रहेको थियो।

    समीक्षा वर्षमा कम्पनीको जीवन बीमाकोषमा ६४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड ३१ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकार २३.८३ प्रतिशतले वृद्धि भएको छ।

    समीक्षा वर्षमा कम्पनीले १६ अर्ब ६० करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १४ अर्ब ९४ करोड ९९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०९ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा कम्पनीले १६ अर्ब १९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले १४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.०९ प्रतिशतले वृद्धि भएको हो।

    समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो।

    समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.९० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको वार्षिक ईपीएस ६.५० रुपैयाँ थियो। पीई रेसियो ४९.४७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.२९ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com