images
Logo
images

नेप्सेमा मातृभूमि लघुवित्तको ६२ लाख ८३ हजार कित्ता शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

नेप्सेमा मातृभूमि लघुवित्तको ६२ लाख ८३ हजार कित्ता शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • images
    images
    नेप्सेमा मातृभूमि लघुवित्तको ६२ लाख ८३ हजार कित्ता शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?
    images
    images

    काठमाडौँ / मातृभूमि लघुवित्त वित्तीय संस्थाको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

    साविकको जाल्पा र किसान लघुवित्त एक आपसमा मर्ज भएपछि मातृभूमि लघुवित्तको नाममा सेयर सूचीकरण भएको हो । जाल्पा र किसान १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोको आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    सुचीकृत कम्पनीको शेयर कारोबार मंगलबार खुल्ने भएको छ। यी दुवै लघुवित्त गाभिएपछि कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर मातृभूमि लघुवित्तको नाममा सूचीकृत भएको छ। मर्जर प्रयोजनका लागि रोक्का रहेको संस्था शेयर नेप्सेले फुकुवा गरेको छ।

    अब मंगलबारबाट मातृभूमि लघुवित्तको नाममा शेयर कारोबार खुल्नेछ। नेप्सेले यो लघुवित्तलाई ‘एमएटीआरआई’ कारोबार संकेत प्रदान गरेको छ।

    मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com