सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, नाफा सामान्य घट्दा अन्य सूचक कस्तो ?

सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, नाफा सामान्य घट्दा अन्य सूचक कस्तो ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • images
    images
    सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, नाफा सामान्य घट्दा अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा यस कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । गत आर्थिक बर्ष २०७९/८० को तुलनामा १५ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफाबाहेक अधिकांश सूचक बढेको देखिएको छ। समीक्षा वर्षमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७५ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।

    यस्तै, शेयरपुँजी ३ अर्ब ९६ करोड शेयर रहेको कम्पनीले समीक्षा वर्षमा शेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ।

    समीक्षा वर्षमा कम्पनीले पुनर्बीमामार्फत ४३ करोड २८ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७६ करोड ९९ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले पुनर्बीमामार्फत कम रकम खर्चिएको छ।

    समीक्षा वर्षमा कम्पनीले ३२ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्षमा कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले अभिकर्ता कमिसनमा कम रकम खर्चिएको छ।

    समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४.५१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५७.८७ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com