अमेरिकी डलर, जापानी येनदेखि रिंग्गिटसम्म बलियो बन्दा कमजोर बन्यो नेपाली मुद्रा

अमेरिकी डलर, जापानी येनदेखि रिंग्गिटसम्म बलियो बन्दा कमजोर बन्यो नेपाली मुद्रा

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • images
    images
    अमेरिकी डलर, जापानी येनदेखि रिंग्गिटसम्म बलियो बन्दा कमजोर बन्यो नेपाली मुद्रा
    images
    images

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलर महँगो बन्दा नेपाली रुपैयाँ भने कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर आज एक अमेरिकी डलरका लागि १३४ रुपैयाँ ४६ पैसा खर्च गर्नुपर्ने भएको छ भने यसअघि १३३ रुपैयाँ ७१ पैसा रहेको थियो।

    सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको हो । यसअघि अमेरिकी डलर बिक्री मूल्य १३४ रुपैयाँ ३१ पैसा तोकिएकोमा आज बढेर खरिद दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ । 

    यसैगरी, युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिदमा १४५ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४६ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको युरोपियन युरोको भाउ बढेर आज खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ २१ पैसा पुगेको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ४४ पैसा रहेकोमा आज घटेर खरिदमा ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७० पैसामा झरेको छ ।

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    यता, जापानिज येनको भाउ पनि बढेको छ । यसअघि १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १७ पैसा रहेको जापानी येन आज खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा पुगेको छ ।  

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिंग्गिट एकको खरिदमा ३० रुपैयाँ २५ पैसा र बिक्रीमा ३० रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९ रुपैयाँ ८५ पैसा र कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ ३५ पैसा र बिक्री दर ४४० रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    inimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com