जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • images
    images
    जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?
    images
    images

    काठमाडौँ / जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ।

    कम्पनीले एक सुचना जारी गर्दै केही संख्यामा अधिकृत, सहायक अधिकृत, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट माग गरेको हो।

    आवेदकबाट उनीहरूको छलफल, अन्तर्वार्ता र प्रस्तुतिकरण हेरेर छनोट गरिनेछ। टरसाइकल स्कुटर लाइसेन्स भएकाहरूलाई विशेष प्राथमिकता दिइने लघुवित्तले जनाएको छ।

    कुन पदको लागि कति चाहिन्छ शैक्षिक योग्यता ? 

    अधिकृत तहमा जागिर खान चाहानेको योग्यता बैंकिङ, वित्त लगायत विषयमा स्नातकोत्तर पूरा गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष कार्य अनुवभ हुनुपर्नेछ।

    अधिकृत तहका लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ। महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने लघुवित्तले जनाएको छ।

    सहायक अधिकृतका लागि कम्तीमा एक वर्षको कार्य अनुभव तथा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

    सिनियर असिस्टेन्टका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुर्नेछ।

    जुनियर असिस्टेन्टका लागि एसएलसी एसइई सरह उत्तीर्ण गरी कम्तीमा ६ महिना काम गरेको अनुभव हुनुपर्नेछ।

    असिस्टेन्ट तहका लागि इच्छुक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। एसइई उत्तीर्ण गरेर बसेका केही संख्या ट्रेनी असिसस्टेन्ट समेत लघुवित्तले मागेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com