एक बर्षमा कामना सेवा विकास बैंकले कमायो ६० करोड ३२ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

एक बर्षमा कामना सेवा विकास बैंकले कमायो ६० करोड ३२ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • images
    images
    एक बर्षमा कामना सेवा विकास बैंकले कमायो ६० करोड ३२ लाख नाफा, कस्ता छन् अन्य सूचक ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँ बढी नाफा आर्जथ गरेको छ । 

    बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्ष ०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा बढेको हो । 

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत बढेको छ। 

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष ५२ करोड २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा घटेर ३० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा बढ्न पुगेको हो।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२।६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ।

    गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ।

    ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com