आव २०८०/८१ मा निफ्राको नाफा ५.९८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी र सञ्चालन मुनाफा कति ?

आव २०८०/८१ मा निफ्राको नाफा ५.९८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी र सञ्चालन मुनाफा कति ?

अपरिष्कृत वार्षिक प्रतिवेदन अनुसार एक बर्षको अवधीमा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • images
    images
    आव २०८०/८१ मा निफ्राको नाफा ५.९८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी र सञ्चालन मुनाफा कति ?
    images
    images

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८०÷८१ मा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष ०८०/८१ को अपरिष्कृत वार्षिक प्रतिवेदन अनुसार एक बर्षको अवधीमा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    अघिल्लो वर्ष ०७९/८० को तुलनामा समीक्षा वर्षमा निफ्राको नाफा ५.९८ प्रतिशतले घटेको हो । अघिल्लो वर्षमा निफ्राले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    बैंकको नाफा घटेसंगै सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी  पनि घटेको छ । समीक्षा वर्षमा निफ्राको सञ्चालन मुनाफा पनि घटेर २ अर्ब २४ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ थियो।

    निफ्राले समीक्षा वर्षमा २ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा पनि ६.४७ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ थियो। यस बर्षमा सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घट्दा निफ्राको नाफा पनि घटेको देखिएको छ । 

    चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको निफ्राको रिजर्भको आकार ३२.१२ प्रतिशतले बढेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब २३ करोड रुपैयाँ थियो। निफ्राको खराब कर्जा अनुपात (एपीएल) ०.०१ प्रतिशत रहेको छ।

    यता, निफ्राको प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर ६.१६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.५६ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७.०१ गुणा रहेको निफ्राको प्रतिशेयर नेटवर्थ ११३.७० रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com