निर्जिवन बीमा कम्पनीहरूले एक बर्षमा आर्जन गरे ४१ अर्ब १६ करोड कुल बीमा शुल्क, कुन कम्पनीको कति ?( सूचीसहित)

निर्जिवन बीमा कम्पनीहरूले एक बर्षमा आर्जन गरे ४१ अर्ब १६ करोड कुल बीमा शुल्क, कुन कम्पनीको कति ?( सूचीसहित)

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • images
    images
    निर्जिवन बीमा कम्पनीहरूले एक बर्षमा आर्जन गरे ४१ अर्ब १६ करोड कुल बीमा शुल्क, कुन कम्पनीको कति ?( सूचीसहित)
    images
    images

    काडमाडौँ / आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक थगरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०८०/८१ को साउनदेखि असार मसान्तसम्ममा हाल सञ्चालनमा रहेको १४ निर्जिवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

    शिखर इन्स्योरेन्सले कमायो सबैभन्दा धेरै 

    यस अवधिसम्ममा शिखर इन्स्योरेन्सले नै अग्रता हासिल गर्न सफल भएको छ । एक बर्षको अवधीमा यस कम्पनीले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

    दोस्रोमा सगरमाथा रहेको छ। कम्पनीले यस अवधिसम्मा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

    तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिसम्मा ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

    अन्य कुन कम्पनीको कति ? 

    गत आर्थिक वर्षमा हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    यो एक वर्षको अवधिमा युनाइटेड अजोडले २ खर्ब ७२ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २८ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    त्यस्तै आव ०८०/८१ मा प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com