सिटी एक्सप्रेस मनी ट्रान्सफर १८औँ बर्षमा प्रवेश, मुख्य कार्यालयमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफर १८औँ बर्षमा प्रवेश, मुख्य कार्यालयमा रक्तदान कार्यक्रम

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • images
    images
    सिटी एक्सप्रेस मनी ट्रान्सफर १८औँ बर्षमा प्रवेश, मुख्य कार्यालयमा रक्तदान कार्यक्रम
    images
    images

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले रक्तदान कार्यक्रमको आयोजना गरी १८औँ बार्षिकोत्सव मनाएको छ । आज बिहीबारदेखि १७ बसन्त पार गरेर १८औँ बर्षमा प्रबेश गरेको अवसरमा कम्पनीले केन्द्रिय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

     सिटी एक्सप्रेसले मुख्य अभिप्राय ‘रक्तदान गर्नुहोस्, जीवन दान दिनुहोस्’ भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  

    सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न ग-यो ।  

    उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो । 

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

    हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com