५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डसँग माग्यो अनुमति

५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डसँग माग्यो अनुमति

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • images
    images
    ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डसँग माग्यो अनुमति
    images
    images

    काठमाडौँ / प्रभु प्रभु इन्स्योरेन्स लिमिटेडले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

    कम्पनीले १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि बोर्डसँग अनुमति मागेको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ । 

    प्रभु इन्सुरेन्सले गत वैशाखमा ४.७५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । 

    प्रस्तावित हकप्रद सेयर जारी भएमा यसको चुक्ता पुँजी २ अर्ब २७ करोड ६५ लाख १ हजार रुपैयाँ पुग्नेछ । 

    प्रभुको हकप्रद सेयरमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com