समृद्धि फाइनान्सका ग्राहकले मेघा हस्पिटलमा ३० प्रतिशतसम्मको छुट पाउने

समृद्धि फाइनान्सका ग्राहकले मेघा हस्पिटलमा ३० प्रतिशतसम्मको छुट पाउने

बिहिवार, असार २० २०८१
बिहिवार, असार २० २०८१
  • images
    images
    समृद्धि फाइनान्सका ग्राहकले मेघा हस्पिटलमा ३० प्रतिशतसम्मको छुट पाउने
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २० गते मेघा हस्पिटल पाइभेट लिमिटेड सानेपा, काठमाडौँसँग समझदारी गरेको छ । 

    उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले २०८१ असार २१ देखि २०८३ असार २० गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटलमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

    फाइनान्सका ग्राहकले उक्त हस्पिटलको स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । 

    सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक किशोर जंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com