एनआईसी एशिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा

एनआईसी एशिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    एनआईसी एशिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा
    images
    images

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त भएका छन् । 

    एनआईसी एशिया लघुवित्तको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा असार १३ गते बसेकोे यस संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज शर्माज्यूलाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्पmबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको हो । 

    साथै सोही सञ्चालक समितिको बैठकबाट प्रकाश राज शर्माज्यूलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको छ ।
          
    नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भईसकेका श्री प्रकाश राज शर्माको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ । 

    उनले व्यवसाय प्रशासन विषयमा स्नाकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधी हासिल गर्नु भएको छ । लघुवित्त क्षेत्रमा लामो समयको अनुभव रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com