images
Logo
images

यसवर्षको धान दिवसको नारा– 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि'

यसवर्षको धान दिवसको नारा– 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि'

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • यसवर्षको धान दिवसको नारा– 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि'

    काठमाडौँ / सरकारले यस वर्षको धान दिवस चितवनको बछौलीमा मनाउने भएको छ । 

    images
    images

    आज राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस बर्षको धान दिवस चितवनको बछौलीमा मनाउने जानकारी दिएको हो । 

    “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” यस वर्ष धान दिवसको मूल नारा रहेको छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्वद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको मन्त्रालयले जनाएको हो । 

    धान दिवसको पूर्वसन्ध्या (शुक्रबार) मा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यहरुको आतिथ्यमा इन्टरनेसनल राइस रिसर्च इन्सिच्युट (इरी) र बीआरआरआईको प्रतिनिधित्व हुने गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  

    ९.८ प्रतिशत रोपाइँ सम्पन्न

    कृषि विभागका महानिर्देशक डा.नरहरिप्रसाद घिमिरेका अनुसार यो वर्षको असार १२ गतेसम्ममा मुलुकभर ९.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष असार १० सम्म ८.७५ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्ये देशभर ९.८ प्रतिशत धान रोपाइँ भएको उनले बताए । 

    मुलुकभर १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये असार १२ गतेसम्म ९।८ प्रतिशत अर्थात एक लाख ३६ हजार ४११।५ हेक्टरमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 

    गत बर्ष असार १० गतेसम्मको अवधिको तुलनामा रोपाइँ करिब १.०५ प्रतिशत विन्दुले बढी हो । पोहोर २०८० असार १० गतेसम्म ८.७५ प्रतिशत  रोपाइँ भएको मन्त्रालयले जानकारी दिए ।

    प्रतिशतको हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाई सम्पन्न भएको देखिएको छ । असार १२ गतेसम्ममा यस प्रदेशमा २५ प्रतिशत अर्थात एक लाख ७४ हजार ५ सय ७६ हेक्टरमा रोपाइँ भएको छ । 

    त्यसपछि क्रमशः कर्णाली प्रदेशमा २३.९ प्रतिशत, बाग्मती प्रदेशमा १८.३ प्रतिशत, लुम्विनी प्रदेशमा ८.८ प्रतिशत, गण्डकी प्रदेशमा ८.३ प्रतिशत, कोशी प्रदेशमा ५.६ प्रतिशत र मधेश प्रदेश २.९ प्रतिशत रोपाई सम्पन्न भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    1.JPG

    कतिको हुन्छ आयात ? 

    गत जेठ मसान्तसम्म धानको बीउ ८८ करोड ६५ लाख २१ हजार रुपैयाँबराबरको २१ लाख ७ हजार २ सय ३३ किलो धानको बीउ, ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँबराबरको ३० करोड ५३ लाख १० हजार ५ सय २० किलो, ८ अर्ब ६९ करोड ६ सय ८५ रुपैयाँबराबरको ८ करोड २७ लाख ६९ हजार ९ सय ८९ किलो चामल र ९ लाख २० हजार रुपैयाँबराबरको २१ हजार १ सय २४ किलो कनिका आयात भएको विभागले जनाएको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय