images
Logo
images

भैँसी पालनबाट मासिक साढे तीन लाखसम्म कमाउँछन् दुई दशक दुबई बसेर फर्केका बाबुराम

भैँसी पालनबाट मासिक साढे तीन लाखसम्म कमाउँछन् दुई दशक दुबई बसेर फर्केका बाबुराम

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • भैँसी पालनबाट मासिक साढे तीन लाखसम्म कमाउँछन् दुई दशक दुबई बसेर फर्केका बाबुराम

    देउखुरी (दाङ) / घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भैँसी पाल्दै आएका छन् । 

    images
    images

    उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपक्षी नामको फार्म दर्ता गरेका छन् । दुई दशक दुबईमा बसेर फर्किएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका हुन् । उनले ३६ भैँसीबाट व्यवसाय सुरु गरेका हुन् । उनले दूध दिँदासम्म भैँसी आफै राख्ने गरेका छन् ।

    उनले भने, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दूध आफैले बजार पु-याउने गरेको छु २८ लिटर दूध ७५ रुपैयाका दरले तुलसीपुर –१८ दुधरासको डेरीबाट किनेर एक सय रुपैयामा बिक्री गर्ने गरेको छु । ”

    महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाउँदा तीनलाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए । आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दूध घोराही बजारका ग्राहाकलाई घरघरमा पु-याउने गरेको उनले बताए । आफ्नो काम गर्न लाज मान्नुहुदैन । पसिनाको कमाइ मिठो हुन्छ ।

    उनले सबै भैँसीको बीमा गरेका छन् भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताए । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दूध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गतवर्ष दूध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए।

    बीस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताए । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नुपर्दैन”उनले भने । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस र भरिभराउ रहेको छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेका छन् आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए ।

    कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन उनले भने । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनी बताँछन् । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए ।

    व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन् । उनीसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय