महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई मुुलुकका विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट, कहाँ कति ?

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई मुुलुकका विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट, कहाँ कति ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई मुुलुकका विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट, कहाँ कति ?
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । ‘सबल बैङ्क, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको सो बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिन उक्त सम्झौता गरेको हो । 

    सम्झौतापश्चात महालक्ष्मी विकास बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कका अनुसार सम्झौतापछि ग्राहकहरूले पोखरा–२६, कास्कीस्थित लेखनाथ सिटी हस्पिटलको जेनरल बेडमा २५ प्रतिशत, क्याबिन, पोस्ट–ओपि एण्ड ल्याबमा १५ प्रतिशत, आइसियुमा १० प्रतिशत र सर्जरी र फार्मेसीमा ५ प्रतिशत छुट सेवा पाउनेछन् ।

    त्यस्तै, ललितपुर–३, पुल्चोकस्थित ओरो प्लस डन्टल क्लिनिकमा रेगुलर उपचारमा १० प्रतिशत र विशेष उपचारमा ५ प्रतिशत छुट हुनेछ भने बुटवल–५ रुपेन्देहीको ए एण्ड ए हेल्थ क्लबमा फुड सप्ल्मिैन्टमा ५ प्रतिशत, तीन महिनाको एड्भान्स शुल्कमा १० प्रतिशत, ६ महिनाको एडभान्स शुल्कमा १५ प्रतिशत र एक बर्षको एड्भान्स शुल्कमा १९ प्रतिशत छुट हुने बैङ्कले जनाएको छ । त्यस्तै, बैङ्कले तिलोत्तमा–५, मणिग्राम रुपन्देहीको एनजी मार्केट्ससँग पनि छुट सम्झौता गरेको छ । सो सम्झौताबमोजिम कम्पनीले उपलब्ध गराउने गार्मेट्समा १० प्रतिशत, होउसहोल्ड एण्ड इलेक्ट्रोनिक्स अप्लाइसेन्समा ५ प्रतिशत, एफएमसिजी फुड÷फ्रेस प्रोडक्टमा १.५ प्रतिशत र एफएमसिजी नन फुडमा २ प्रतिशत छुट हुनेछ । 

    उक्त सहकार्यबाट बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास रहेको बैङ्कले जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैङ्कले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com