द सोल्टि होटेल ग्रुप र प्रभु बैङ्कबीच सम्झौता, बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट

द सोल्टि होटेल ग्रुप र प्रभु बैङ्कबीच सम्झौता, बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • images
    images
    द सोल्टि होटेल ग्रुप र प्रभु बैङ्कबीच सम्झौता, बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट
    images
    images

    काठमाडौँ / सोल्टिमोड, काठमाडौँस्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैङ्क लिमिटेडबिच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रभु बैङ्कका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । 

    द सोल्टि होटेल ग्रुप अन्र्तगत द सोल्टि होटेल एण्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने छन् । 

    सम्झौता अनुसार प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैङ्कका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टि होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

    विगत ५ दशक भन्दा वढि देशको पर्यटन क्षेत्रमा द सोल्टि होटेल समूहले योगदान गर्दै आएको छ भने त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कको नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौँ बिश्वास दिन्छौँ” मुल नाराका साथमा बैङ्किङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com