दोस्रो त्रैमाससम्म नेपाल रिले कमायो ३३ करोड ७७ लाख नाफा, खुद बीमाशुल्क र प्रतिशेयर आम्दानी कति ?

दोस्रो त्रैमाससम्म नेपाल रिले कमायो ३३ करोड ७७ लाख नाफा, खुद बीमाशुल्क र प्रतिशेयर आम्दानी कति ?

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    दोस्रो त्रैमाससम्म नेपाल रिले कमायो ३३ करोड ७७ लाख नाफा, खुद बीमाशुल्क र प्रतिशेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले पौने ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    बुधबार चालु आर्थिक बर्षको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक कम्पनीले आज नै दोस्रो त्रैमाससम्मको वित्तीय विवरण पनि सार्वजनिक गरेको हो । 

    वित्तीय विवरणअनुसार शेयरपुँजी १२ अर्ब ८१ करोड रुपैयाँ भएको कम्पनीले दोस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १५.४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

    समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब २४ करोड ४८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४० लाख रुपैयाँ रहेको छ। 

    गत असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर २.६४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २.२८ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १४५७५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com