माछापुच्छ्रे बैङ्कद्वारा दुर्घट्ना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैङ्कद्वारा दुर्घट्ना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • images
    images
    माछापुच्छ्रे बैङ्कद्वारा दुर्घट्ना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण
    images
    images

    काठमाडौँ माछापुच्छ्रे बैङ्क लिमिटेडले न्यू स्मार्ट तलव खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दावी भक्तानी गरेको छ । बैङ्कले दुर्घटना बिमा अन्तर्गतको १० लाखको दुर्घटना बिमा रकम बिमकको परिवारलाई भुक्तानी गरेको हो । 

    बैङ्कको आर्दशनगर विरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवकाृ दाबी अनुसार आइतबार क्त बिमा रकम हस्तान्तरण गरेको हो । 

    बैङ्कका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभालाई हस्तान्तरण गरेका हुन् । 

    बैङ्कल न्यू स्मार्ट तलव खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एवं औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com