तेस्रो त्रैमाससम्ममा मेट लाइफको नाफा २६.७१ प्रतिशतले बढेयो, बीमाशुल्क आर्जन कति ?

तेस्रो त्रैमाससम्ममा मेट लाइफको नाफा २६.७१ प्रतिशतले बढेयो, बीमाशुल्क आर्जन कति ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा मेट लाइफको नाफा २६.७१ प्रतिशतले बढेयो, बीमाशुल्क आर्जन कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी) ले २७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जसन गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा कम्पनीको नाफा २६.७१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २१ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    यस्तै, चैत मसान्तसम्म कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.७७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यता, कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.७७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महाविपत्ति कोषमा ४७ करोड २८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ४४ करोड ५८ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार ६.०३ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब १८ करोड ३० लाख रुपैयाँ र अन्य इक्विटीमा ९६ करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ९० करोड ९४ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म कम्पनीले ३६ करोड ७ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३५ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com