पटक पटक लाभांशको सूचना परिवर्तन गरेपछि नेप्सेले गर्यो सिटिजन लाइफको कारोबार स्थगन

पटक पटक लाभांशको सूचना परिवर्तन गरेपछि नेप्सेले गर्यो सिटिजन लाइफको कारोबार स्थगन

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    पटक पटक लाभांशको सूचना परिवर्तन गरेपछि नेप्सेले गर्यो सिटिजन लाइफको कारोबार स्थगन
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगन गरेको छ ।

    नेप्सेले पटक पटक लाभांशको सूचना परिवर्तन गरेपछि सिटिजन लाइफको कारोबार स्थगन गरेको हो । 

    कम्पनीले वैशाख २३ गते नेप्सेमा लाभांश घोषणा सम्बन्धी जानकारी गराएको र २५ गते सञ्चालक समितिको बैठक बसी उक्त लाभाशं रद्द गर्ने निर्णय भएको जानकारी प्राप्त भएको जनाएको थियो । 

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था बमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्न सक्ने भन्ने व्यवस्था रहेको र सो कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकोले उक्त विनियमावलीको विनियम १६ (१) मा भएको व्यवस्था अनुरुप कारोबार स्थगन गरेको जनाएको छ ।

    कम्पनीले सोमबार नियामक निकाय बीमा प्राधिकरणलाई जानकारी नगराई चालु आर्थिक वर्ष २०८०/८१ को लागि अन्तरिम लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको धितोपत्रको कारोबार मंगलबारका लागि स्थगन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com